mail.shreekrishnasewa.org.np
Open in
urlscan Pro
2606:4700:3034::ac43:d4be
Public Scan
URL:
https://mail.shreekrishnasewa.org.np/
Submission: On February 04 via api from US — Scanned from US
Submission: On February 04 via api from US — Scanned from US
Form analysis
1 forms found in the DOMPOST //translate.googleapis.com/translate_voting?client=te
<form id="goog-gt-votingForm" action="//translate.googleapis.com/translate_voting?client=te" method="post" target="votingFrame" class="VIpgJd-yAWNEb-hvhgNd-aXYTce"><input type="text" name="sl" id="goog-gt-votingInputSrcLang"><input type="text"
name="tl" id="goog-gt-votingInputTrgLang"><input type="text" name="query" id="goog-gt-votingInputSrcText"><input type="text" name="gtrans" id="goog-gt-votingInputTrgText"><input type="text" name="vote" id="goog-gt-votingInputVote"></form>
Text Content
Close sidebar * Home * AboutUs * Events * Gallery * OurTeam * Latest Update * Contactus Close the sidebar Skip to content दर्ता नं: ४५/०७५ श्रीकृष्णं वन्दे जगदगुरुम्.... पान नं: ६१७२७१५९४ असतोमा सदगमय: तमसोमा ज्योतिर्गमय: मृत्योर्मा अमृंत गमय : अक्षरातित श्रीकृष्ण आराधना सेवा संस्था बेल्कोटगढी न. पा -१३, हरिहर क्षेत्र , दाङ्गमै, नुवाकोट SHREE KRISHNA SEWA * Home * Contact us * About us * Events * Gallery * Latest Update MEMBERSHIP * Events * Gallery * Latest Updates EVENTS श्रीकृष्ण माघे संक्रान्ति साधना GALLERY विभिन्न कार्यक्रमहरुमा गुरुजी अध्यक्ष-श्री योगी सत्य प्रकाश,,विभिन्न सेवा र शान्ती तथा सद्भावना धार्मिक यात्राको क्रममा PROGRAM ONE UPDATED LATEST UPDATE माघे संक्रान्तिको अवसरमा परम गुरूदेवज्यूबाट विशेष आशिर्वचन सहित अन्य साधनात्मक झलकहरु माघे संक्रान्तिको अवसरमा परम गुरूदेवज्यूबाट विशेष आशिर्वचन सहित अन्य साधनात्मक झलकहरुमाघे संक्रान्तिको अवसरमा परम... प्रमुख संरक्षक :- प्रमुख संरक्षक : गुरुजी श्री हिरामणी त्रिपाठी ज्यु 1. यस संस्थाका प्रमुख संरक्षक गुरुजी श्री हिरामणी त्रिपाठीज्यू हुंनुहुन्छ । नुवाकोट जिल्ला साविक मदानपूर ६ दाङ्मैमा वि.सं २००८ साल वैशाख २८ गते पिता स्व.श्री चन्द्र प्रसाद तिवारी / त्रिपाठीको एक मात्र सुपुत्रको रुपमा स्व. श्री कुर्म कुमारी त्रिपाठीको कोखबाट जन्म लिनुभएका गुरुजीले २ वर्षको उमेरमा पिता गुमाएर टुहुरो भई उचित रेखदेख र शिक्षाको अभाबमा पनि सानै उमेर देखी विभिन्न गुरुहरुका घर घरमा गएर र पछि नेपाल तथा भारतका विभिन्नलमठ, गुरुकुल आश्रमहरुमा बसेर संस्कृत अध्ययन तथा शास्त्रिय ज्ञान उपार्जन गरेर आफ्नै जन्मभूमीमा फर्केर धार्मिक जागरण,समाज सुधार,दीन,दु:खीहरुको सेवा गर्दै बि.सं. २०४७ सालमा श्री कृष्ण मन्दिर निर्माण गरी आफ्ना गुरुजीलाई गादीमा राखेर अटुट भागवत कथा ५ वर्ष संचालन गरेर धेरै मानिसका आत्म जागनी गर्दै तत् पश्चात जन्मभूमी देखी देशका विभिन्न भू-भागहरुमा... थप पढ्नुहोस " संस्थाको परिचय " यो संस्था जिल्ला प्रशासन कार्यालय , नुवाकोटमा बि. सं. २०७५ सालमा दर्ता भएको एक धार्मिक तथा सामाजिक संस्था हो। वर्तमान विश्वमा बिभिन्न धर्म , पन्थ समुह , विचार धाराहरुमा आपसी मतभेद भई मानव समाजको खण्डिकरण भइरहेको, कलीको भयावह शासनबाट आपसी सदभाव प्रेम , भाइचारा घट्दै गइरहेको,आध्यात्मिक शिक्षा र नैतिक चरित्रमा कमिको कारण हिंसा , हत्या , आत्म हत्या , भ्रस्टाचार, ब्यभिचार जस्ता कुराहरु मौलाउदै गइराखेकोले सबैमा आध्यात्मिक जागरण मार्फत आपसी सदभाव, प्रेम, सहयोग , सेवा अभि बृद्धी गराउने , सत्य सनातन धर्मको संरक्षण र प्रचार गर्ने, जीवन,जगत,आत्मा देखि पुर्ण ब्रह्म परमात्मा अक्षरातित श्रीकृष्णको परिचय दिनुका साथै मानव सेवा गर्ने र यस संस्थाका प्रमुख संरक्षक गुरुजीको सत्प्रेरणा बाट शुभारम्भ भएको सत्य युग बिजय सङ्कल्प यात्रालाई अघि बढाउने योजना र लक्ष... थप पढ्नुहोस निति तथा कार्यक्रम संस्थाले गर्दै आएको मानव सेवा , समाज कल्याण का साथै धार्मिक, समाजिक कार्यक्रमहरुलाई निरन्तरता दिदैँ विधानमा उल्लेखीत उद्देश्य प्राप्त गर्नका लागी नेपाल सरकार विभिन्न संघ/संस्था निकायहरुसँग समन्वय गर्दै धार्मिक सभा , सेमिनार , गोष्ठी, प्रवचन , यज्ञ , अनुष्ठान , योग आयुर्वेद , ध्यान, वातावरण संरक्षण आदिका कार्यक्रमहरुलाई देशभित्र र देशबाहिर समेत संचालन गरिने छ । यस संस्थाका प्रमुख संरक्षक गुरुजीश्रीको सद्इच्छा र अथक परिश्रमबाट आफ्नै जन्मभूमीमा निर्माण भइरहेको, विश्वको सबै मानिसहरुले आएर प्राकृतिक र आध्यात्मिक लाभ लिन पाउने र सक्ने श्री कृष्ण मन्दिर र आश्रम क्षेत्रलाई गुरुजीको इच्छा बमोजिम अन्तराष्ट्रिय आध्यत्मिक अध्ययन केन्द्रको रुपमा विकाश गर्ने, मानव सेवा आश्रम संचालन गरी दीन-दु:खी, असहाय मानिसहरुकाे संरक्षण गर्ने ,गुरुकुल आश्रम संचालन गर्ने, योग ध्यान , अध्ययन कक्षहरु निर्माण गर्ने, अतिथि... थप पढ्नुहोस हाम्रो सदस्यताको प्रकारहरु संस्थागत सदस्यता:- बिधान बमोजिम यस संस्थाको संस्थागत सदस्यता प्राप्त गर्न ईच्छुक संघ/संस्था/समुहहरुलाई तोकिएको शुल्क लिई संस्थागत सदस्यता प्रदान गरिने छ। संस्थागत सदस्यता शुल्क: रु.१००००/-(दस हजार मात्र) आजीवन सदस्यता विश्वभर बसोबास गरीरहेका जुनसुकै बर्ण, लिङ्ग , जातका मानिसहरुले विधान अनुरुप आजीवन सदस्यता प्राप्त गर्न इच्छुक भई आवेदन दिएमा संस्थाको आजीवन सदस्यता प्रदान गरीने छ । इच्छुक सदस्यहरुको जन्मतिथी , धामगमन तिथी चलाइने छ । आजीवन सदस्यता शुल्क:- रु. ५०००/-(पांच हजार मात्र) हाम्रो कोषको प्रकारहरु अक्षय कोष संस्थाले छुट्टै अक्षय कोषको ब्यवस्था गरेको छ । अक्षय कोष खडागर्न चाहनुहुने सेवा दाता , भक्तजनहरुको स. सम्मान् अभिलेख र इतिहास सुरक्षित राखिने छ । यसबाट प्राप्त ब्याज विभिन्न सेवाहरुमा लगाईने छ । बैंक खाता संस्थाको नाममा ग्लोबल आइ . एम . ई . बैंक शाखा कार्यलय बट्टार, नुवाकोटमा चल्ति खाता रहेको छ । खाता नं. ……………………………….रहेको छ । अनलाइन् मार्फत सदस्यता लिन र संस्थालाई आर्थिक सहयोग प्रदान गर्न चाहनुहुने महानुभावहरुले सिधैँ बैंक खातामानै रकम जम्मा गर्न सक्नुहुनेछ । अनुरोध मन्दिर, आश्रम लगायत विभिन्न संरचना निर्माणका कार्यहरु चलिरहेको र निरन्तर चलिरहने हुनाले संस्थामा आबद्द भई सेवा पुर्याउन चाहनुहुने सबै सेवा दाता महानुभावहरुलाई सेवा अवसर खुल्ला गरिएको ब्यहोरा अनुरोध गर्दाछौँ । प्राकृतिक आहार विहार सहित निशुल्क विश्रामको ब्यवस्था भएको , राजधानी र सदरमुकामको नजिक बाटोको सुविधा भएको, योग ध्यान डान्सकला, सहित्य सिर्जना, भजन , गीत आदिको भिडियो निर्माण फिल्म सुटिङ्ग , बनभोज , धार्मिक , सांस्कृतिक कार्यक्रमहरु गर्न उपयूक्त स्थान भएकोले यस क्षेत्रमा भ्रमण गर्न आउनको निमित्त सेवा सबैमा अनुरोध गर्दछ । संस्था सदैव अतिथि सत्कारमा लाग्ने सर्व मङ्गलम !!! प्रणाम् !! AKSHARATIT SHREE KRISHNA AARADHANA SEWA SANSTHA BELKOTGADHI MUNICIPALITY -13 HARIHAR KSHETRA DANGMAI NUWAKOT 9851121538,9818035615 SHREEKRISHNAAARADHANA@GMAIL.COM WWW.SHREEKRISHNASEWA.ORG.NP Powered by Translate English - en English - en German - de Hindi - hi Japanese - ja Nepali - ne Original text Rate this translation Your feedback will be used to help improve Google Translate