sajhasarokar.hamro.com
Open in
urlscan Pro
2606:4700:3031::6815:3496
Public Scan
URL:
https://sajhasarokar.hamro.com/
Submission: On August 21 via automatic, source certstream-suspicious — Scanned from DE
Submission: On August 21 via automatic, source certstream-suspicious — Scanned from DE
Form analysis
0 forms found in the DOMText Content
ताजा अपडेट * चाडपर्वमा मुख स्वाथ्यलाई कसरी सुरक्षित गर्ने ? * यस्तो छ राष्ट्रपतिले लगाइदिने टीकाको समय तालिका * राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा * भारतको गुजरातमा गरबा नृत्यकाे क्रममा हृदयघात हुँदा १० जनाको ज्यान गयो * पाकिस्तानले अफगानिस्तानलाई दियाे २ सय ८३ रनकाे लक्ष्य * क्यानडा अध्ययनका लागि जान सजिलै भिसा पाइन्छ त रु यसो भन्छन् गोरेटोका अनुभवी काउन्सलरहरु ALL * हाेम * कभरस्टोरी * समाचार * चलचित्र * नेपाली सुगम * साहित्य * अपराध * आर्थिक/पर्यटन * खेलकुद * जागिर * भिडियो Skip to content SAJHA SAROKAR Primary Menu * Sample Page चाडपर्वमा मुख स्वाथ्यलाई कसरी सुरक्षित गर्ने ? Posted on October 23, 2023 by admin दशैं, तिहारलगायतका चाडपर्वमा सामान्य दिनमा भन्दा फरक खानपान हुन्छ । दशैंमा मासु तथा गुलियो चिज पनि अरू समयभन्दा बढी खाने गरिन्छ । यस्तो बेला मुख स्वस्थ रहनु जरुरी हुन्छ । यहाँ मुखलाई सुरक्षित राख्ने केही उपाय बुँदागत रूपमा प्रस्तुत गरिएको छ । – खाना खाइसकेपछि बिहान र बेलुकी फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्नुपर्छ । – माछा मासु राम्रोसँग पकाएर मात्र खानुपर्छ । – ब्रस गर्दा ब्रसले मात्र दाँतको सबै सतहमा टाँसिएको वा अड्किएको खानेकुराका टुक्राहरू नजाने र यसले दाँतको बिचमा फोहोर जम्ने, खाल्डो बन्ने हुन्छ । यसले गर्दा मुखभित्र विभिन्न समस्याहरू उत्पन्न हुन्छन् (जस्तै, गिजा सुन्निने, दाँतलाई समातेर बसेको हड्डीमा क्षति हुने, चपाउन समस्या हुने) । यस्तो हुँदा दाँत र मुख स्वास्थ्य स्वस्थ राख्न ब्रस मात्र गरेर पुग्दैन खाना खाइसकेपछि दैनिक दुई दाँतको बिचमा अड्केर रहेको खाना र फोहरलाई दुई दाँतबिच सफा गर्ने इन्टरडेन्टल ब्रस र इन्टर डेन्टल धागोको प्रयोग गर्नुपर्दछ । – सिन्काहरूको प्रयोग गर्नु हुँदैन । यसले झन दुई दाँत बिचमा संक्रमण निम्त्याउन मदृत गर्दछ । यसकै कारण दाँत गुमाउनुपर्ने पनि हुनसक्छ । – दाँत दुखेमा अनावश्यक चिजहरू (जस्तै, खैनी, रुखको चोप, विभिन्न प्रकारमा झुसहरू) प्रयोग गर्नहुँदैन । यसले झन मुखमा संक्रमण बढाउँछ । – केही खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्ने गर्नुपर्दछ । यसले दाँतमा टाँसिइबसेका फोहोरलाई हटाउन र मुख स्वस्थ राख्न मद्दत गर्दछ । – जथाभावी औषधिको प्रयोग गर्नुहुँदैन । – दाँतको परीक्षण नगरी कुनै प्रकारको औषधिजन्य मञ्जनको प्रयोग गर्नुहुँदैन । यसको लामो समयसम्मको प्रयोगले शरीरका अंगहरूमा खराब असर गर्दछ । – साना बच्चाहरूलाई फ्लोराइड भएको र औषधिजन्य मञ्जनको प्रयोग गर्नुहुँदैन । यसले शरीरको वृद्धि विकासमा असर गर्दछ । – ब्रसको सहायताले जिब्रोको सरसफाई गर्नुपर्दछ । – प्रशस्त मात्रामा पानी पिउनुपर्दछ । – चुरोट, सुर्ती जस्ता पदार्थहरूको सेवन गर्नु हुँदैन । (लेखक माइकल देवकोटा डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसनका अध्यक्ष हुनुहुन्छ ।) Posted in समाचार, स्वास्थ्य चासोLeave a Comment on चाडपर्वमा मुख स्वाथ्यलाई कसरी सुरक्षित गर्ने ? यस्तो छ राष्ट्रपतिले लगाइदिने टीकाको समय तालिका Posted on October 23, 2023 by admin राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसर पारेर टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले भीआईपीदेखि सर्वासाधारणका लागि राष्ट्रपतिले लगाइदिने टीकाका लागि समय निर्धारण गरेको छ। यसअनुसार आज मंगलबार अपराह्न २ देखि ३ बजेसम्म प्रधानमन्त्री, मन्त्रीदेखि प्रहरी अधिकृतसम्मका लागि समय छुट्याइएको छ भने ३ देखि ५ बजेसम्म सर्वसाधारणले टीका लगाउन पाउनेछन्। विगतमा राजाले यसरी टीका लगाइदिने गरेकोमा गणतन्त्र आएपछि राष्ट्रपतिमार्फत् यसलाई निरन्तरता दिइएको छ। Posted in खेलकुद, प्रवास, भिडियो, मनोरञ्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य चासोLeave a Comment on यस्तो छ राष्ट्रपतिले लगाइदिने टीकाको समय तालिका राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा Posted on October 23, 2023 by admin काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले दशैँकाे महानवमीकाे अवसरमा आज साेमवार नवदुर्गाको अवतारस्वरूप नवकन्याको पूजा–अर्चना गर्नुभएको छ । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गर्नुभएको हो । त्यस अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । दशैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रूपमा नौ रूपको पूजा गर्ने गरिन्छ । Posted in प्रवास, समाचारLeave a Comment on राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा भारतको गुजरातमा गरबा नृत्यकाे क्रममा हृदयघात हुँदा १० जनाको ज्यान गयो Posted on October 23, 2023 by admin भारतको पश्चिमी राज्य गुजरातमा गरबा नृत्य कार्यक्रमका क्रममा हृदयघातका कारण १० जनाको ज्यान गएको छ । नवरात्रीको अष्टमीको राति गरबा नृत्य हुने गर्दछ । नृत्यकै क्रममा १० जनाको हृदयघातका कारण ज्यान गएको एनडीटीभी हिन्दीले जनाएको छ । मृतकहरू किशोर अवस्थादेखि मध्यम उमेरका व्यक्तिहरू छन् जसमा सबैभन्दा कम उमेरका एक १३ वर्षका किशोर रहेका छन् । २४ घण्टामा पाँच सय वटा एम्बुलेन्स बोलाउनुपरेको खबरमा उल्लेख छ । सरकारले गरबा नृत्य कार्यक्रममा ‘अलर्ट’ जारी गरेको छ र आयोजकलाई मानिसहरू अस्वस्थ भएमा अस्पतालमा लैजान एम्बुलेन्स उपलब्धतको सुनिश्चित गर्न भनेको छ । गरबाको परम्परागत गुजराती नृत्य नवरात्रि उत्सवको प्रमुख विशेषताहरू मध्ये एक हो, यो नृत्य नौ रातसम्म मनाइन्छ । गुजरात सरकारले सार्वजनिक अस्पताल र सामुदायिक स्वास्थ्य केन्द्रहरूलाई उच्च सतर्कतामा रहन सल्लाह दिएको छ । डाक्टरहरूले भक्तजनलाई केही समय नाचेपछि आराम गर्न र पुनः नाचलाई निरन्तरता दिन आग्रह गरेका छन् । Posted in प्रवास, समाचारLeave a Comment on भारतको गुजरातमा गरबा नृत्यकाे क्रममा हृदयघात हुँदा १० जनाको ज्यान गयो पाकिस्तानले अफगानिस्तानलाई दियाे २ सय ८३ रनकाे लक्ष्य Posted on October 23, 2023 by admin काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ८३ रनकाे लक्ष्य दिएकाे छ । चेन्नईमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायाे । पाकिस्तानका कप्तान बाबर आमजले सर्वाधिक ७४ रन बनाए । यस्तै अब्दुल्लाह शफिकले ५८ तथा इफ्तिखर अहमद र शदाब खान समान ४० रन बनाएर आउट भए । बलिङतर्फ अफगानिस्तानका नूर अहमदले ३ र नवीन उल हकले २ विकेट लिए । यसअघिका ४ खेलमा २ खेल जितेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ । उति नै खेलमा १ खेल जितेको अफगानिस्तान पुछारमा छ । Posted in खेलकुदLeave a Comment on पाकिस्तानले अफगानिस्तानलाई दियाे २ सय ८३ रनकाे लक्ष्य क्यानडा अध्ययनका लागि जान सजिलै भिसा पाइन्छ त रु यसो भन्छन् गोरेटोका अनुभवी काउन्सलरहरु Posted on October 23, 2023 by admin काठमाडौँ । पछिल्लो समय नेपाली बिद्यार्थीहरुको क्यानडा आर्कषण बढिरहेका बेला अग्रपंगिंतिमा देखिएको छ काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका बिद्यार्थीहरुका लागि सबैभन्दा उत्तम समय हो । प्लस टु सकेर बसेका बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकका लागि यो समयमा क्यानडा जानका लागि तयारी गरिरहेको गोरेटो कन्सल्टेन्सीका सिईओ तथा सिनियर एडभाइजर धिरज कँडेल बताउँछन् । पछिल्लो समय क्यानडा र भारतबिच चलिरहेको शित युद्धको समयमा पनि क्यानडाले भारतीय बिद्यार्थीको भिषा उल्लेख्यरुपमा रद्ध नगरेका कारण क्यानडाको पोलिसी भारतविरुद्ध नभएको समेत सिइओ कँडेलले बताए । यद्यपी भोलीका दिनमा क्यानडा जाने भारतीय बिद्यार्थीहरुको संख्या यही द्धन्द्धका कारण घटेको खण्डमा भने क्यानडाले ठूलो संख्यामा नेपाली बिद्यार्थी लैजाने सक्ने संभावना पनि नर्कान नसकिने सिइओ कँडेल बताउँछन् । यसैबिच क्यानडा जाने नेपाली बिद्यार्थीको भिषा डिसिजन बैँगलोर र नयाँ दिल्लीबाट आइरहेको परिप्रेक्षमा भने ति स्थानका डिप्लोम्याट्सहरुलाई सरुवा गरेर अन्य मुलुकहरु जस्तै मलेसिया र सिंगापुर लगिएका कारण केही समय भिषा आउने दिन बढ्ने संभावना भएता पनि भारत क्यानडा द्धन्द्धका कारण नेपाली बिद्यार्थीलाई घाटा भन्दा बढि फाइदा नै हुने उनी बताउँछन् । यही मेसोमा उनले सेप्टेम्बर इनटेकका लागि बिद्यार्थीहरुलाई तयारी गर्न पनि सुझाव दिन्छन् । सेप्टेम्बर इनटेक नै किन ? पछिल्लो समय क्यानाडियन अध्यागमनले नेपालबाट अध्ययन गर्न जाने बिद्यार्थीहरुको भिषा दर विगतका दिनहरु भन्दा केही वृद्धि गरेका बेला प्लस टु उत्तिर्ण गरेर बसेका बिद्यार्थीहरुका लागि व्याचलरका कार्यक्रमहरु अध्ययन गर्न क्यानडा जाने यो सबैभन्दा राम्रो समय हो । यहीबिचमा क्यानडा र भारतको शितयुद्धको कारण यदि इंडियाबाट भिषा डिसिजन नआए क्यानाडियन हाइकमिसन सिंगापुर, मलेसिया वा अन्य कुनै देशको क्यानडियन हाइकमिसनबाट समेत भिषा डिसिजन आउन सक्ने भएकाले पनि सेप्टेम्बर इनटेक धेरैको रोजाईमा परेको सिइओ कँडेल बताउँछन् । सिइओ कँडेलका अनु्सार क्यानाडियन कलेज र विश्वविद्यालयबाट अफर लेटर पाइसकेका बिद्यार्थीहरुले जनवरी वा मे इन्टेकको लागि समयमा भिषा नपाएको खण्डमा डीफर गरि सेप्टेम्बर-२४ इन्टेकमा सिट सार्ने धेरै बिद्यार्थीहरु हुनसक्ने भएकाले सेप्टेम्बर इन्टेकमा सिट संख्या छिट्टै पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै नयाँँ बिद्यार्थीहरुले सेप्टेम्बर इनटेकमा भर्ना हुन यो समय निकै फलदायी हुने बताए । क्यनडाका लागि गोरेटो नै किन ? पछिल्ला दिन क्यानडा अध्ययनका लागि जाने बिद्यार्थीहरुको आर्कषण बढीरहेका बेला यस्तो समयमा सबैभन्दा उत्तम विषय कुन कन्सल्ट्यानी होला भन्ने दुविधाकाबिच नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी धेरैको रोजाईमा पर्दै आइरहेको छ । यहाँको एक्सपर्ट टिम नै गोरेटोको सबैभन्दा राम्रो विशेष भएको सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् । गोरेटो धेरै कलेजहरुको आधिकारिक एजेन्ट भएका कारण पनि गोरेटोबाट शतप्रतिशत भिषा आउने संभावना हुने भएृकाले पनि यो धेरै बिद्यार्थीको रोजाईको केन्द्रबिन्दु बनेको रेग्मीको दाबी छ । पछिल्ला दिनमा गोरेटोले आफ्ना शाखाहरु चितवन र विराटनगरमा पनि विस्तार गरेका कारण पनि गोरेटोबाट धेरै क्षेत्रका बिर्थाथीहरुलाई एप्लाई गर्न सहज हुने शतिष भट्ट बताउँछन् । अध्ययनका लागि क्यानडा नै किन ? आफ्नो चाहनाअनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकाले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुन सक्छ। क्यानडामा उत्कृष्ट विश्वविद्यालयहरू छन्। पढाइसँगै छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो विकल्प हुन सक्छ। पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य बढेको छ। नेपाली विद्यार्थीले क्यानडा रोज्नुपर्ने कारण यति मात्रै होइन। क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि सेवा सुविधा पनि राम्रो छ। अध्ययन शूल्क र ट्युसन फी पनि अन्य देशको सस्तो छ। सजिलै भिषा पाइन्छ त ? क्यानडाको भिषा पाउन गाह्रो हुन्छ कि भन्ने अन्यौलता समेत अभिभावक र विद्यार्थीमा हुने गरेको छ। तर अवस्था त्यस्तो नभएको गोरेटोका सिइओ कँडेल बताउँछन् । कँडेलका अनुसार सबै कागजात राम्रोसँग मिलाएको र प्रक्रिया पूरा गरेको खण्डमा क्यानडाको भिषा पाउन गाह्रो छैन। क्यानडा जान भाषा परीक्षामा राम्रो नम्बर ल्याउन आवश्यक हुन्छ। अध्ययनका क्रममा ग्याप भएको खण्डमा त्यसलाई जस्टिफाई गर्नु पर्ने हुन्छ। एक वर्षको ट्युसन फी पहिल्यै नै तिर्ने र आवश्यक कागजात राम्रोसँग तयार गर्न सके क्यानडाका लागि भिषा सजिलै लाग्नसक्छ। Posted in समाचारLeave a Comment on क्यानडा अध्ययनका लागि जान सजिलै भिसा पाइन्छ त रु यसो भन्छन् गोरेटोका अनुभवी काउन्सलरहरु तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘चारदाम’को ४ पोस्टर सार्वजनिक Posted on October 23, 2023 by admin इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैंको अवसर पारेर फिल्म ‘चारदाम’को पोस्टर सार्वजनिक गरिएको छ । तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको चारदामको ४ पोस्टर निर्माण युनिटले सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरहरुमा फिल्मका प्रमुख कलाकारहरुलाई अटाइएको छ । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो । यो फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको फिल्मका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले जानकारी गराए । उनका अनुसार चाडैं इटहरीको इलाइट सिनेमा हलमा विशेष प्रदर्शनी गरिने तयारी भैरहेको छ । आउँदो तिहार अगाडि नै ट्रेलर र एक गीत सार्वजनिक गर्न लागेको फिल्म युनिटले ‘चारदाम’को सम्पुर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ । यो फिल्मलाई आगामी मङ्सिरको पहिलो साता देशव्यापी प्रदर्सन गर्ने निर्माण युनिटको योजना रहेको छ । भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । फिल्म ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ती पाख्रीन, मदन राई, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । चारदाममा दिपक लिम्बू र मुना ठटालले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाईले संगीत गरेको गीतमा बजगाई र निर्देशक लाखमानको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । चारदाम फिल्ममा सुमन तामाङको छायांकन तथा हेमन तामाङको सम्पादन रहेको छ । Posted in भिडियो, मनोरञ्जनLeave a Comment on तामाङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘चारदाम’को ४ पोस्टर सार्वजनिक राष्ट्रपतिद्वारा काठमाण्डाै उपत्यकाका शक्तिपीठको दर्शन Posted on October 22, 2023 by admin काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डाै उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्नुभएको छ । दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा आज आइतवार राष्ट्रपति पौडेलले काठमाण्डाैकाे नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गर्नुभएको हो । दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रही आएको छ । यसअघि आज बिहान राष्ट्रपतिले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेकाे पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवम् पूजाआजा गर्नुभएको थियो । दशैँको आठौँ दिन आज देशभरका शक्तिपीठ एवम् देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । काठमाण्डाैका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ । यसैगरी उपत्यकाबाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । Posted in Home, समाचारLeave a Comment on राष्ट्रपतिद्वारा काठमाण्डाै उपत्यकाका शक्तिपीठको दर्शन सम्पर्क साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित प्रेस काउन्सिल द न २५६ / ०७५ /७६ सुचना विभाग द .न १४०९ /०७५/ ७६ विराटनगर १ पोखरिया मोवाइल न ९८५२०२२९१८ विज्ञापनका लागी सम्पर्क ९८५२०२२९१८ EMAIL:- Khabarentertainment@gmail.com हाम्रो टिम सस्थापक तथा संरक्षक दिलिप योञ्जन तामाङ हाल अमेरिका सल्लाहकार विर्ख सुब्बा , नेदरल्याण्ड मोहन कृष्ण हुमागाई प्रकाशक / प्रधान सम्पादक रोशन पोखरेल कार्यकारी सम्पादक गोपाल पोखरेल जिल्ला प्रतिनिधि राजु बोहरा काठमान्डाँै माधव अधिकारी , काठमाण्डौं * गोपनियता तथा निती * सम्पर्क * नेपालीमा लेख्नुहोस * प्रिति टु युनिक कोड * Unicode to Preeti